सामाजिक सुरक्षा योजना अन्तर्गत रोहिणीमा एकजना लाभार्थीलाई पचास हजार रुपियाँ प्रदान

IMG-20251207-WA0112

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणी क्षेत्रको अप्पर चिसो पानीमा सामाजिक सुरक्षा योजना अन्तर्गत एकजना लाभार्थीले‌ पचास हजार रुपियाँ प्राप्त गरेका छन्। सामाजिक सुरक्षा योजना अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणी क्षेत्रको अप्पर चिसो पानीका अमीत थापाको निधन भएको थियो भने उक्त योजना अन्तर्गत उनका आमाले पचास हजार रुपियाँ प्राप्त गरेकी छन्। यस विषयमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले सबैलाई सचेतना गराउँदै सामाजिक सुरक्षा योजना अन्तर्गत सबैले‌ लाभ उठाउन सक्ने जनाएकी छन्। उनले मानिसहरुलाई यो योजनासहित सरकारको अन्य धेरै योजनाहरुबाट पनि मानिसहरुलाई लाभान्वित हुनलाई आह्वान् गर्दै सचेतना गराएकी छन्।

About Author

Advertisement