सामाजिक कार्यहरुका लागि ईभान फाउण्डेशनद्वारा फिल्म प्रदर्शन गरिने

IMG-20260119-WA0117

खरसाङ: खरसाङको ईभान फाउण्डेशनद्वारा गरिने विभिन्न सामाजिक कार्यहरुमा सहायता पुगोस् भनेर फिल्म प्रदर्शन गरिने भएको छ। यसै क्रममा ईभाना फाउण्डेशनको आयोजनामा खरसाङमा फिल्म ‘विन्डो सिट’ प्रदर्शन गर्ने भएको छ। वाङ्गेल शेर्पाको निर्देशनमा रहेको फिल्म ‘विन्डो सिट’ महिला सशक्तिकरणमाथि आधारित एंव सामाजिक सन्देश बोकेको यस यस फिल्मलाई खरसाङमा ईभान फाउण्डेशन र निर्माण टिम मिलेर प्रदर्शन गर्ने भएको छ। उक्त फिल्म आगामी ७ र ८ फरवरीको दिन खरसाङको राजराजेश्वरी हलमा सामाजिक कार्यमा सहयोग होस् भन्ने उद्देश्यका साथमा प्रदर्शन गरिने भएको ईभान फाउण्डेशनको तर्फबाट हिमाल खवास र आयुस छेत्रीले बताएका छन्। दुवैले बताए अनुसार यस फिल्मको प्रदर्शनमा संग्रह भएको रकमले ईभान फाउण्डेशनको सामाजिक कार्यहरुमा सहयोगको लागि दिइने भएकोले सबैलाई उपस्थित रहेर फिल्म हेरिदिने निवेदन गरेका छन्। उल्लेखनीय छ खरसाङ क्षेत्रका युवाहरुको सामाजिक संस्था ईभाना फाउण्डेशनले हालमा विभिन्न सामाजिक कार्यहरु गर्नुको साथै वरिष्ठ व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा दिएको योगदानको लागि पुरस्कारहरु र सम्मानहरु पनि प्रदान गर्दै आईरहेको छ। त्यसैले ईभान फाउण्डेशनद्वारा आयोजित विभिन्न सामाजिक कार्यहरुमा सहायता पुगोस् भन्ने उद्देश्यले नेपाली फिल्म ‘विन्डो सिट’ खरसाङमा प्रदर्शन गरिने भएको छ।

About Author

Advertisement