सामसिङ जन कल्याण सङ्घद्वारा जन चेतना कार्यक्रम

3cfe5787-7b6c-417b-a1e9-454fefe9f7e9

सामसिङ: सामसिङ चियाबारीको लोवर लाईनस्थित एउटा अङ्ग्रेजी स्कूलको पेक्षागृहमा मानव तस्करी, बाल यौन दुर्व्यवहार र बाल श्रम विषयलाई लिएर जनचेतनामूलक कार्यक्रम राजकुमार बराइलीको सभापतित्वमा आयोजन गरियो| कार्यक्रममा मुख्य अतिथिको रुपमा डुवर्स एक्सप्रेस मेलका संस्थापक राजु नेपाली थिए भने विशिष्ट अतिथिको रुपमा मटेली हाट ग्राम पञ्चायत प्रधान शान्तिमान्की मुण्डा, प्याराडाइस इग्लिस स्कुलका प्रिन्सिपल ललित प्रधान, कमल राणा, धुर्व्र प्रधान, विएन सार्की विशेष रूपमा उपस्थित थिए| मानव तस्करबारेमा विस्तृत रुपमा जानकारी गराउँदै आज हाम्रा चेलीबेटीहरूलाई कसरी दिल्ली-मुम्बईतिर बिक्री हुँदछ र यसको रोकथाम विषय सहज र सरल प्रकारले राजु नेपालीद्वारा जानकारी गराए| तिनले सामसिङ जन कल्याण सङ्घद्वारा आजसम्म गरेको कार्यहरूको खुलेर प्रशंसा गरे|

  सामसिङ जन कल्याण संघका अध्यक्ष सञ्जयराज विश्‍वले भने, वर्तमान समयमा मानव तस्कर दिनप्रतिदिन गहिरो रुप लिएर जॉंदैछ| आज हाम्रो कमान पनि बन्द अवस्थामा रहेको छ| यसो हुँदा मानिसहरूमा अर्थको कमी हुन जान्छ र अर्थ कमीको कारण हाम्रो चेलीहरू मानव तस्करको पञ्जामा नपरोस् भनी यो जन चेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए|  यस कार्यक्रममा स्वागत भाषण सिके सार्कीद्वारा राखेका थिए भने सम्पूर्ण कार्यक्रमको सोहम विश्‍वले सञ्चालन गरेका थिए|

About Author

Advertisement