सामदोङ मिन्तोकगाङ छोईलिङ गुम्पामा लुसोङ उत्सव पालन

IMG-20241230-WA0222

गान्तोक: सामदोङ मिन्तोकगाङ छोईलिङ गुम्पामा लुसोङ उत्सव भव्यताका साथ आयोजना गरिएको छ। प्रार्थना, आशीर्वाद , सांस्कृतिक कार्यक्रम र अभिनन्दन कार्यक्रमका साथ आयोजना गरिएको यस धार्मिक अनुष्ठानमा तुमिन लिङ्गीका क्षेत्र विधायक साम्डुप भोटिया आफ्नी धर्मपत्नि निन्जे भुटियाका साथ सहभागी बने। यस अवसरमा गान्तोक जिल्ला अध्यक्ष बलराम अधिकारी, समारोह आय़ोजक समितिका सदस्यहरू लगायत अन्य गन्यमान्य व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रममा गुम्पा समितिद्वारा क्षेत्रमा विभिन्न विकासीय कार्यमा योगदानको निम्ति क्षेत्र विधायक साम्डुप भोटियालाई अभिनन्दन जनाइएको थियो।

About Author

Advertisement