सामजिक कार्य गरेर मनाए अभिनेता पुष्प खड्काले आफ्नो जन्मदिन

Pushpa-4

काठमाडौं: आज अभिनेता पुष्प खड्काले आफ्नो ३१औं जन्मदिन काठमाडौंस्थित शंखमुलमा बिहानै वृक्षारोपण गरेर मनाए। वृक्षारोपणपछि पुष्प सत्य साइराम केन्द्र पुगे। त्यहाँ विपन्‍न र घरबारविहीन मानिसहरूलाई उनले सामूहिक भोजनको व्यवस्था गरे। यो प्रेरणा सामाजिक अभियन्ता चक्रबहादुर चन्दले अहिले उद्योग र कलकारखानाबाट हुने कार्बन उत्सर्जनका कारण हरेक वर्ष पृथ्वीको सतह तातो हुँदै गएको र जलवायुका कारण पृथीबी तातिन्दै गएको छl यस अवस्थामा वृक्षारोपण गर्दै जान आवश्यक छ्  भन्दै नागरिकमा चेतना जगाउन यो कार्य गरिएको बताएl वृक्षारोपण गर्दै अभिनेता पुष्पले प्रकृति संरक्षणमा लाग्न सबैलाई आग्रह गरे। अभिनयसँगै समाजसेवामा उनको पनि रूचि रह्दै आएका छन्। नेपाली फिल्मको सुपरिचित निर्देशक कालेबुङ निवासी तुलसी घिमिरेको निर्देशनमा ‘दर्पण छाँया–२’ फिल्मबाट उनको चर्चा चलेको थियोl मङ्गलम्, मारुनीलगायतका सिनेमाहरूमा अभिनय गरिसकेका पुष्प झन्डै दुई हजार म्युजिक भिडियोमा देखिएका छन्। मङ्गलम फिल्मबाट उनले विसं २०७४ मा उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए।

नेपालको सुदुरपचिमको कैलालीको लम्किचुहा नगरपालिकामा साधारण परिवारमा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई मिस गरिरहेको बताए। ‘जन्म दिने मम्मी र बाबुलाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी–बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन। साथीभाई सर्कलमा कसैले पनि केक काटेको देखेको थिइनँ। कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ। कलेज सकिएपछि म संघर्षका लागि काठमाडौं आएँ, त्यहीकारण रहर हुँदा हुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाइएको छैन। तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु।’ उनीद्वारा अभिनित ‘कृष्ण लीला’ फिल्म आउँदैछl

About Author

Advertisement