साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल भूटान बराबरी

IMG-20241018-WA0268

काठमांडू :साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ। साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो।
दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन। भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो। दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन।

About Author

Advertisement