साफ महिला च्याम्पियनशीपः भारत ३-०-ले विजयी

IMG-20220907-WA0136.jpg

७ सेप्टेम्बरः गत च्याम्पियन भारतले काठमाडौंको दशरथ रंगशालामा भएको साफ (दक्षिण एशियाई फूटबल महासंघ) महिला च्याम्पियनशीपको म्याचमा बुधवार पाकिस्तानलाई ३-०-ले पराजित गरी विजयी शुरुवात गऱ्यो। यस जीतको साथै च्याम्पियनशीपमा भारतको अजेय क्रम २७औं म्याचमा पनि जारी रह्यो। पाकिस्तानकी कप्तान मारिया जमील खानले आत्मघाती गोल गर्दा भारतलाई बढ़त हासिल भयो। त्यसपछि डेंगमेई ग्रेसले दर्शनीय गोल गरी बढ़तलाई दोब्बर पारिन्। अन्यमा सौम्या गगुलोथले अझ एक गोल गर्दा भारत ३-०-ले विजयी भयो। म्याचमा भारतीय टीमकी मीडफिल्डर अञ्जु तामाङले उत्कृष्ट प्रदर्शन गरिन्। भारतको अघिल्लो म्याच १० सेप्टेम्बरमा मालद्वीप विरुद्ध रहेको छ।

About Author

Advertisement