साफ अण्डर-१७ च्याम्पियनशीप भारतको झोलीमा

IMG-20220915-WA0101.jpg

१५ सेप्टेम्बरः भारतले दशजना खेलाड़ी लिएर खेल्ने नेपाललाई ४-०-ले पराजित गरी श्रीलंकाको कोलम्बो स्थित रेसकोर्स इण्टरनेशनल स्टेडियममा साफ अण्डर-१७ फूटबल च्याम्पियनशीपको खिताब जित्यो। फाइनलमा भारतको तर्फबाट बबी सिंह, कोरोउ सिंह, कप्तान भानलालपेका गुइटे र अमनले गोल गरे। ग्रुप चरणमा भारत विरुद्ध ३-१-ले जीत हासिल गरे पनि फाइनलमा नेपालले त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेन।

म्याचको ३९औं मिनटमा नेपालका कप्तान प्रशान्त लाक्समलाई रातो कार्ड देखाइयो। भारतीय टीमका कप्तान भानलालपेका गुइटेले मोस्ट भ्याल्यूएबल प्लेयर अव् द टुर्नामेण्ट अनि गोलकीपर साहिलले बेस्ट गोलकीपरको पुरस्कार जिते।

About Author

Advertisement