ब्यूनस आयर्स: दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले पूर्व प्रतिद्वन्द्वी एण्डी मर्रेलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छन्। जोकोविचले बताएअनुसार, ब्रिटेनका पूर्व खेलाड़ी मर्रेले उनलाई असल तरिकाले जान्दछन्। गत ६ महिनादेखि प्रशिक्षक बिना खेलिरहेका जोकोविच अर्जेण्टिनाका स्टार खेलाड़ी जुआन देल पोत्रोको निम्ति विदाई म्याच खेल्न ब्यूनस आयर्स आएका थिए। उनले अनि मर्रेले गत हप्ता जनवरीमा अष्ट्रेलियन ओपनको निम्ति एकसाथ काम गर्ने योजना बनाइरहेको घोषणा गरेका थिए। उल्लेखनीय छ, जोकोविच रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता हुन्। यसरी मर्रेले ३ वटा ग्राण्ड स्ल्याम खिताब र २ पल्ट ओलम्पिक एकल स्वर्ण पदक जितेका छन्। उनले पेरिस ओलम्पिकपछि खेलबाट सन्न्यास लिएका थिए। मर्रे र जोकोविच दुवै ३७ वर्षका हुन् अनि यी दुईजना मई १९८७-मा केवल एक हप्ताको अन्तरमा जन्मिएका थिए। यी दुईजनाले जूनियर वर्गदेखि नै एकार्काविरुद्ध खेलेका थिए। पेशादार खेलाड़ीको रूपमा यी दुईजनाले एकार्काविरुद्ध ३६ वटा म्याच खेलेका थिए। यसमा जोकोविचले २५ र मर्रेले ११ वटा म्याच जितेका थिए। जोकोविच मार्चमा गोरान इवानोसेचिवसँग अलग भएका थिए। जोकोविचले भने, मर्रेले मेरो खेल र अहिले म जुन स्थितिमा छु त्यसलाई असल तरिकाले बुझ्छन्। मेरो खेलमा के कमी छ भन्ने पनि उनलाई राम्ररी थाहा छ। यसबीच यूएस ओपन २००९-का च्याम्पियन जेल पोत्रोले पार्के रोका, ब्यूनस आयर्समा खेलिएको प्रदर्शनी म्याच ६-४, ७-५-ले जिते। जोकोविचले भने, हामीले आफ्नो खेलको सबैभन्दा महत्त्वपूर्ण म्याचहरूमा एउटा एकार्काविरुद्ध खेल्यौं तर अन्तमा हाम्रो मित्रता प्रतिद्वन्द्विताभन्दा अधिक महत्त्वपूर्ण थियो।









