रायपुर: भारतले न्यूजील्याण्डलाई दोस्रो टी२० इण्टरनेशनल म्याचमा ७ विकेटले पराजित गरी ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। म्याचमा भारतको जीतमा हीरो रहने ईशान किशनले ३२ बलमा ११ वटा चौका र ४ वटा छक्काको साथ ७६ रन बनाए। ईशान क्रीजमा आउँदा भारतले ६ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो। उनले मैदानमा आउनको साथै बाउण्ड्रीजको वर्षा गरे। उनको ब्याटिंगले प्रशंसकहरूका मनमा रिषभ पन्तको याद ताजा भयो। पन्त र ईशानले एकसाथ अण्डर-१९ वर्ल्ड कप खेलेका थिए। त्यस समय ईशान टीमका कप्तान थिए। ईशानले शुक्रवार केवल २१ बलमा अर्द्धशतक बनाएर विशेष उपलब्धि हासिल गरे। उनी न्यूजील्याण्डविरुद्ध टी२० इण्टरनेशनल प्रारूपमा सबैभन्दा तेज अर्द्धशतक बनाउने भारतीय बनेका छन्। उनले साथी ओपनर अभिषेक शर्माको रेकर्ड तोड़े, जसले जारी सीरीजकै पहिलो म्याचमा २२ बलमा अर्द्धशतक बनाएका थिए। यस सूचीमा रोहित शर्मा र केएल राहुल संयुक्त रूपले तेस्रो स्थानमा छन्। यी दुईजनाले २०२०-मा २३-२३ बलमा अर्द्धशतक बनाएका थिए। आईसीसी टी२० वर्ल्ड कप शुरु हुन अब केही दिन मात्र बाँकी रहेको छ अनि भारतीय टीमको निम्ति ईशान किशनको फर्म महत्त्वपूर्ण हुनेछ। चोटग्रस्त तिलक वर्माको बद्ली भारतीय टीममा मौका पाउने ईशान स्वयं पनि यस अवसरको पूरा फाइदा उठाउन चाहन्छन्।










