सात बङ्गलादेशी अनुप्रवेशकारी पक्राउ

IMG-20250118-WA0186-1

जलपाईगढी: जलपाईगढीको कोतवाली पुलिस चौकीको पुलिसले सात बङ्गलादेशी अनुप्रवेशकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक महिला र एक किशोरी पनि छन्। जब यी व्यक्तिहरूले हल्दीबारी सीमा हुँदै भारत प्रवेश गरेर बसबाट सिलिगढी जान खोजे, कोतवाली पुलिसले उनीहरूलाई पक्राउ गर्‍यो। पक्राउ परेका सबै सात अनुप्रवेशकारीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।

About Author

Advertisement