सात्विक-चिरागको जोड़ी सिंगापुर ओपनको दोस्रो राउण्डमा

IMG-20250528-WA0253

सिंगापुर: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतको शीर्ष पुरुष युगल जोड़ीले बुधवार यहाँ सिंगापुर ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा जीतको साथ पुनरागमन गऱ्यो जबकि लक्ष्य सेनले चाहिँ चोटले गर्दा पहिलो राउण्डको म्याच बीचमै छोड़्नु पऱ्यो। चिरागको ढाड़को चोटले गर्दा मार्चमा अल ईंग्ल्याण्ड ओपनबाट हटेपछि यो जोड़ी पहिलोपल्ट कोर्टमा ओर्लिएको थियो। खेलमा पुनरागमनपछि असाधारण प्रदर्शन गर्दै सात्विक-चिरागको भारतीय जोड़ीले मलेशियाका चूंग होन जियान र मुहम्मद हाइकालको जोड़ीलाई ४० मिनटमा २१-१६, २१-१३-ले पराजित गऱ्यो। यो ४१औंं ऱ्याङकिंग भएको मलेशियाई जोड़ीविरुद्ध भारतीय जोड़ीको दोस्रो जीत थियो। भारतीय जोड़ी वर्तमानमा विश्व ऱ्याङकिंगमा २७औं स्थानमा रहेको छ। यस महिनाको शुरुवातमा यस जोड़ीले सुदीरमन कपमा पनि खेलेको थिएन कारण सात्विक स्वास्थ्य सम्बन्धी समस्याहरूसँग जुझिरहेका थिए। यसरी भारतका शीर्ष एकल खेलाड़ी लक्ष्य सेनले चाइनीज ताइपेका लिन चुन-यीविरुद्ध पहिलो राउण्डको म्याच चोटले गर्दा बीचमा छोड़्नु पऱ्यो। वर्तमानमा विश्वमा १७औं स्थानमा रहने लक्ष्यले असल शुरुवात गर्दै पहिलो गेम २१-१५-ले जिते। त्यसपछि १९औं नम्बरका खेलाड़ी चुन-यीले पनि पुनरागमन गर्दै दोस्रो गेम २१-१७-ले जितेर म्याच बराबरीमा पुऱ्याए। निर्णायक गेममा सेन चोटले गर्दा रिटायर हुँदा ५-१३-ले पछि रहेका थिए। मिश्रित युगलमा रोहन कपूर र रुथविका शिवानी गड्डेको जोड़ीले पनि हारको सामना गर्नु पऱ्यो। यसरी महिला एकलमा आकर्षि कश्यप पनि पराजित भइन्।

About Author

Advertisement