सातौं नामखाई निङ्पो रिम्पोछे सिक्किममा

IMG-20241021-WA0259

नाम्ची: भूटानका बौद्ध धर्मगुरु सातौं नामखाई निङ्पो रिम्पोछे सिक्किम भ्रमणमा आएका छन्। नाम्चीको एक धार्मिक कार्यक्रममा सहभागी बन्न आएका रिम्पोछेलाई आज बागडुग्रा विमानस्थलमा भव्य स्वागत गरियो। सिक्किम सरकारका धर्म विभागीय मन्त्री सोनाम लामाको नेतृत्वमा भव्य स्वागत जनाइएको हो। रिम्पोछे नाम्चीस्थित नादक थुप्तेन शेदुप धार्गे छोइलिङ गुम्बामा आयोजित एक धार्मिक समारोहमा सामेल हुनेछन्। आज समारोह आयोजक गुम्बाका सदस्यहरू पनि उनको स्वागतमा बागडुग्रा पुगेका थिए। जानकारीअनुसार निंगपो रिन्पोछेले भोलि २२ देखि २६ अक्टोबरसम्म हुने महागुरु त्सोकबुम पूजामा भाग लिनेछन्।

About Author

Advertisement