आयुर्वेद दिवस पालन गर्दै क्षेत्रीय आयुर्वेद अनुसंधान संस्थान, गान्तोक

IMG_20221022_224817.jpg

गान्तोक: आज सातौं आयुर्वेद दिवस क्षेत्रीय आयुर्वेद संस्थान गान्तोकद्वारा सिक्किमका विभिन्न केन्द्रिय विद्यालय अनि स्वास्थ्य केन्द्रहरूमा विभिन्न कार्यक्रमका साथ पालन गरियो। यस आशयको जानकारी क्षेत्रीय आयुर्वेद संस्थान सिक्किमका सहायक निदेशक डा. श्रीप्रकाशले विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दिए।
डा. श्रीप्रकाशले आयुर्वेदिक सिक्किममा देशका अन्य राज्यहरूको तुलनामा न्यून रहेको जानकारी गराउँदै क्षेत्रीय आयुर्वेद संस्थानको पूर्वाधार निर्माण गर्न केन्द्र सरकार तयार रहेको भए तापनि पूर्वधार निर्माणका लागि उपयुक्त जमीन उपलब्ध नभएको भन्दै तीन दसकदेखि अहिलेसम्म निजी भवनमा कुञ्जिनु परेको मन्तव्य व्याक्त गरे। गत मई महिनामा गान्तोकमा स्वा-रिक्पा चिकित्सा परिषद्को बैठकका क्रममा केन्द्रिय मन्त्री सर्वनन्द सोनोवालले देशमा आयुर्वेद चिकित्सा अभ्यास प्रणालीलाई थप सुदृढ पार्न केन्द्र सरकारले ५० वटा अस्पताल सिक्किममा स्थापना गर्ने घोषणा गरेको भए तापनि यसमा कुनै प्रगति हुन नसकेको बताए।

राज्य सरकारबाट आयुर्वेद चिकित्सालाई लिएर देखिएको उदासीनतामाथि चिन्ता व्यक्त गर्दै राज्यका सबै सरकारी निकायलाई गुहार लगाई सकेको तर कुनै सहयोग नपाएको गुनासो सुनाए। अहिले क्षेत्रीय आयुर्वेदिक संस्थानमा दस संयन्त्रयुक्त पलङ्ग अस्पताल, एसटीएनएम अनि गेजिङ अस्पतालमा दस-दस पलङ्गयुक्त अस्पताल भएको भए तापनि प्रर्याप्त नभएको उल्लेख गरे।
संसारकै पुरानो चिकित्सा पद्धतिको यथोचित विकास हुन नसक्नु दुःखद् भन्दै यस दिशा तर्फ ध्यान दिइनु पर्ने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र रूपमा मन्त्रालयको गठन गरेर आयुष र आयुष चिकित्सा प्रणाली बढाउने काम गरेको उल्लेख गर्दै अहिले लोकप्रियता पाउन थालेको जनाए।
सिक्किममा अपार आयुर्वेदको सम्भावना रहेको बताउॅंदै राज्य सरकारबाट प्राप्त सहयोग भएमा सिक्किमले यस क्षेत्रमा व्यापक प्रगति गर्न सक्ने जनाए। भोली भारत सरकारले आयुर्वेद दिवस पालन गरिरहेको छ। धन्तेरस अर्थात माता धन्नतोरी आयुर्विज्ञानकी जननी भएकी हुनाले धन्तेरसका दिन विशेष कार्यक्रम सहित पालन गरिने गरेको छ।

About Author

Advertisement