साढे पन्ध्र अर्बको विद्युुतीय गाडी आयात भएको तथ्यांक

IMG-20250222-WA0067

काठमाडौँ: चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको जुलाईदेखि फरबरी१५ सम्म १५ अर्ब ४० करोड २१ लाख ९७ हजार रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका हुुन्। विद्युुतीय गाडी आयात गरेर नौ अर्ब आठ करोड ४२ लाख रुपियाँ राजस्वसमेत सङ्कलन भएको छ। सबैभन्दा धेरै विद्युुतीय गाडी रसुुवागढी भन्सार नाका र तातोपानी भन्सार नाकाबाट आयात भएका छन्। 
सात महिनामा चीनसँगको व्यापारिक रसुवागढी नाकाबाट नौ अर्ब ७९ करोड रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएको रसुुवागढी भन्सार कार्यालयले जनाएको छ। विद्युतीय गाडी आयात गरेर पाँच अर्ब ९३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। 
यस्तै सात महिनामा तातोपानी भन्सार नाकाबाट पाँच अर्ब ३७ करोड ५६ लाख २५ हजार रुपियाँ बराबरको गाडी आयात भएको छ। सो नाकाबाट विद्युुतीय गाडी आयातमार्फत दुुई अर्ब ९४ करोड ९३ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। 
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ। विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो। 

About Author

Advertisement