साटाको वार्षिक बैठकमा महत्वपूर्ण प्रस्ताव पारित

IMG-20250927-WA0139

गान्तोक: सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएशन (साटा) को वार्षिक सभा आज राजधानीस्थित पाल्जोर स्टेडियममा सम्पन्न भयो। साटाका अध्यक्ष उमेश तामाङको अध्यक्षतामा सम्पन्न भएको सभामा महासचिव सुमन तामाङ, कोषाध्क्ष गंगा प्रधानलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा राज्यभरिका कूल ४५ जना कोचलगायत सक्रिय सदस्यहरूले सहभागिता जनाए थिए। आज बसेको सभामा राजेन सुब्बा र नरेन राईलाई सल्लाहकारकोरूपमा मनोनित गरियो। मिङमा लेप्चालाई कार्यकारी संयुक्त सचिव, फूर्वा शेर्पालाई सांगठनिक सचिव, प्रितम थापालाई प्रचार सचिव, तकनिकी प्रभारीकोरूपा दिपेन राई र बिजय गुरूङलाई मनोनित गरिएको छ। सोही प्रकारले अनुशासन समितिमा ल्हमु डोमा शेर्पा, बिन्नी तामाङ र महादेव तामाङ रहेका छन्। संयोजककोरूपमा सञ्जय सुब्बालाई मनोनित गरिएको छ। सभामा संस्थाका महासचिव तामाङले आगामी वर्ष २०२६ मा राष्ट्रीयस्तरको सबजूनियर नेश्नल प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ। यसरी नै दिसम्बर महिनामा ब्ल्याक बेल्टको निम्ति परीक्षा गरिने निर्णय भयो। उक्त कार्यक्रम इण्डिया ताइक्वाण्डो संघको अधिनस्थ हुने बताए। उनले राज्य संस्थालाई सम्बद्ध गराउनु मात्र नभई सिक्किमका सबै प्रशिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई भारत ताइक्वाण्डोमा नाम दर्ता गराउनुपर्ने विषयमाथि जोड दिए। सोही प्रकारले अध्यक्ष उमेश तामाङले संस्थालाई बलियो बनाउन र राज्यका खेलाडीहरूलाई ओलम्पिकस्तरमा सहभागिता जनाउने पहलमाथि प्रकाश पारे। सोही प्रकारले सल्लाहकार तथा सहायक प्रशिक्षक राजेन सुब्बाले साटाको खेलाडीहरूप्रतिको समर्पित भावनाको उल्लेख गरे। ग्रान्डमास्टर त्रिलोक सुब्बाले अनुशासनको महत्वमाथि प्रकाश पार्दै यसलाई पालन गर्ने सल्लाह दिए।

About Author

Advertisement