सागा दावाको पावन अवसरमा मुख्यमन्त्रीले गरे नाम्ची अनि जोरथाङ गुम्बामा पूजा अर्चना

IMG-20220614-WA0170.jpg

नाम्ची। सागा दावाको पावन अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि उनकी धर्मपत्नी श्रीमती कृष्ण राईले दक्षिण सिक्किम नाम्ची बुमटारस्थित नामड्रोलिङ गुम्बा अनि जोरथाङस्थित लाखाङ उगेनलिङ गुम्बाको दर्शन गरे। यस अवधि उनीसँग राज्यका भवन तथा आवास विभागीय मन्त्री सञ्जीत खरेल, नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, उपाध्यक्ष साबित्री तामाङ, पार्षदगण, जिल्लापाल एम. भरानी कुमार, महकुमा अधिकारी रजनी पेगा साथै बौद्ध धर्मावलम्बीहरूको अपार उपस्थिति रहेको थियो।

दुवै गुम्बामा मुख्यमन्त्री तामाङले सिक्किम अनि सिक्किमेली जनसमुदायको स्वास्थ्य, शान्ति अनि सद्भावको निम्ति प्रार्थना गरे। यस क्रममा उनले गुम्बा समितिका सदस्यहरूसँग कुराकानी गर्दै विविध समस्याहरू सुन्ने कार्य गरे। उनले गुम्बाहरू विकासको निम्ति आफ्नो तर्फबाट सबै सहयोग पुऱ्याउने आश्वासन दिए।

जानकारी गराइन्छ, आज पालन गरिएको सागा दावा बौद्ध धर्मावलम्बीहरूको निम्ति विशेष दिन मानिन्छ। आजकै दिन भगवान बुद्धको जन्म भएको, निर्वाण प्राप्त गरेको अनि महा परिनिर्वाण प्राप्त गरेको हो भन्ने बौदध धर्मावलम्बीहरूमा विश्वास छ।

About Author

Advertisement