साउथफिल्ड कलेजको स्थापना दिवसमा रक्तदान शिविर सम्पन्न

IMG-20230802-WA0310.jpg

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेजले आफ्नो स्थापना दिवसको दिन रक्तदान शिविरको आयोजना गरेको थियो। दार्जिलिङ महकुमाको एक मात्र महिला कलेज साथै वर्तमानमा न्याकद्वारा पहाडमै एकमात्र ग्रेड-ए प्राप्त यस कलेजले लगातार रूपमा सामाजिक कार्यहरू गर्दै आएका छन्। आफ्नो ६२औं स्थापना दिवस पनि एउटा छुट्टै प्रकारले पालन गर्दै कलेजले रक्तदान शिविर आयोजना गरेको थियो। यस रक्तदान शिविरमा कलेजका पाँचौं सत्रका विद्यार्थी अनि प्राध्यापक/प्राध्यापिका लगायत ३० जनाले रक्तदान गरेका थिए।

यस रक्तदान शिविर सञ्चालन गर्न उपस्थित रहने दार्जिलिङ जिल्ला अस्पतालका डाक्टर साथै ब्लड व्याङ्कका कर्मचारीवर्गप्रति कलेज कृतपक्षले आभार प्रकट गरेका छन् भनी सह प्राध्यापक सदीप प्रधानले जानकारी दिएका छन्।

About Author

Advertisement