सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रमको साथमा खरसाङमा पहिलो वैशाख कार्यक्रम आयोजना गरिने

IMG-20260405-WA0070

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङले यसपाली पनि खरसाङमा पहिलो वैशाख कार्यक्रम जातीय सांस्कृतिक झाँकीहरु र सांस्कृतिक शोभायात्राको साथमा पालन गर्दै सम्बर्ध्दना कार्यक्रम पनि आयोजना गरिने भएको छ।‌ यस विषयलाई खरसाङको गोर्खा जनपुस्तकालय भवनमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा 80 देखि ९० वटा संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित भएर पहिलो वैशाख कार्यक्रम विषयमा विभिन्न सर सल्लाहहरु प्रदान गरेका थिए।‌ उक्त सभापछि प्रेस क्लब अफ् खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर यसपाली पनि गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी १४ अप्रेल अर्थात् पहिलो वैशाखको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरुसितै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामा, सचिव प्रनिता मुखिया घिसिङ, संरक्षक पारस लामा, सहदेव चामलिङ लगायत अन्यहरु उपस्थित रहेका थिए। पहिलो वैशाख कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले गत वर्षहरु झैं यसपाली पनि गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा सांस्कृतिक शोभायात्राको साथमा पहिलो वैशाख कार्यक्रम आयोजना गरिने जानकारी गराएकी छन्। उनले बताए अनुसार खरसाङ क्षेत्रका ११३ वटा विभिन्न संघ संस्थाहरुलाई लिएर सांस्कृतिक शोभायात्राको साथमा पहिलो वैशाख कार्यक्रम आयोजना गरिने भएको छ। उनले बताए अनुसार विभिन्न संघ संस्थाहरुलाई लिएर खरसाङको रेलवे स्टेशन परिसरबाट सांस्कृतिक शोभायात्रा आयोजना गरिने जसमा मादले‌ गीत, मारुनी गीत, सारङ्गी, च्याब्रुङ, खैजडी लगायत विभिन्न सांस्कृतिक बाजा गाजाहरु र झाँकीहरुका साथमा सांस्कृतिक शोभायात्रा आयोजना गरेर नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सांस्कृतिक कार्यक्रममा परिणत हुने भएको बताएका छन्।

उक्त कार्यक्रममा यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट मुर्जुङ्गा र बिनायकवादक एंव जातीय सांस्कृतिक अभियन्ता पद्माश्री प्रापक सिक्किमका नरेश गुरुङ, जातीयवादक सारङ्गीवादक प्रेम गन्धर्वलाई सम्बर्ध्दना जनाइने भएको जानकारी गराएकी छन्। उनले अझैं एकजनाको नाम पछिबाट सार्वजनिक गरिने बताएकी छन्। त्यसरी नै गोर्खा सांस्कृतिक संस्थान् खरसाङको लागि लामो समयदेखि योगदान दिन्दै आईरहेका वरिष्ठ सदस्यहरुलाई पनि सम्ममा गरिने भएको छ।

About Author

Advertisement