सांसद सुब्बाले लोकसभामा लिम्बू र तामाङ सीट आरक्षणको माग उठाए

Screenshot_20260327_233411_Facebook

गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज लोकसभामा लिम्बू र तामाङ समुदायका लागि सीट आरक्षणको मुद्दा उठाएका छन्। सांसद सुब्बाले शून्यकाल अवधिमा सिक्किम विधानसभामा यी समुदायका लागि लम्बित सीट आरक्षण शीघ्र सुनिश्चित गर्नुपर्ने माग राखे।
उहाँले प्रस्तावित सीमाङ्कन अघि जनप्रतिनिधित्व ऐनमा आवश्यक संशोधन गर्न भारत सरकारसँग आग्रह गरे, ताकि यी समुदायहरूलाई उचित आरक्षण र निष्पक्ष राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न सकियोस्।
उल्लेखनीय छ कि लिम्बू र तामाङ समुदायले २००३ मा अनुसूचित जनजातिको मान्यता पाएका थिए। यद्यपि यतिका वर्षसम्म पनि सिक्किम विधानसभामा यी समुदायका लागि सीट आरक्षण लागू हुन सकेको छैन।

About Author

Advertisement