सांसद सुब्बाद्वारा नन्दुगाउँ स्कूलमा खाद्य उत्सवको उदघाटन

IMG-20240920-WA0292

नाम्ची: लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले आज नाम्ची जिल्लाको नन्दुगाउँ सिनियर सेकेन्डरी स्कूलमा आयोजित शरद खाद्य महोत्सवको उद्घाटन गरे। पहिलोपल्ट आयोजित यो उत्सवले यस क्षेत्रको समृद्ध सांस्कृतिक र सम्पदालाई स्पष्ट पारेको छ। विद्यार्थीहरूले विभिन्न स्थानीय परिकारहरू प्रदर्शन गरेका थिए। सांसद सुब्बाले विद्यालयको विज्ञान प्रयोगशालाको पनि अवलोकन गरेका थिए। उनले वैज्ञानिक सोचलाई बढावा दिन विद्यालयको पहलले अन्यलाई प्रेरित गर्ने बताए। सम्बोधन गर्दै सुब्बाले विद्यार्थीहरूलाई भविष्यको तयार गर्ने शिक्षा प्रणालीको महत्त्वमाथि जोड दिए। उनले शिक्षाले विद्यार्थीहरूलाई विभिन्न सम्भावनाहरू खोज्न मद्त गर्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई बदलिँदो समयसँग प्रतिस्पर्धा गर्न तयार रहनुपर्ने सुझाउ दिए। उनले शिक्षकहरूलाई विद्यार्थीहरूको दिमागलाई आकार दिन सक्रिय भूमिका खेल्न प्रोत्साहित गरे। उनले परिवर्तन भइरहेको संसारको चुनौतीहरूको सामना गर्न तयारी गर्ने शिक्षकहरूले विद्यार्थीहरूलाई विश्वव्यापी चुनौतीहरू बुझ्नमा सहयोग गर्ने सल्लाह पनि दिए।

खाद्य महोत्सवले विद्यार्थीहरूलाई स्थानीय परम्पराहरू मात्र नभएर आधुनिक शैक्षिक अभ्यासहरूमा संलग्न हुनको लागि मञ्च प्रदान गर्नुपर्ने उल्लेख गर्दै क्षमता विकासले नै विद्यार्थीहरुको विकासमा मदत गर्ने बताए। कार्यक्रममा पवित्र शर्मा, सतीशचन्द्र राई, टाशी तामाङ र रमा तामाङलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

About Author

Advertisement