सिलगढी: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सन् २०२५ लाई विदाइ गर्दै र नयाँ वर्ष २०२६ को स्वागत गर्दै मझुवा, उत्तर पलास नजिक, सालुगढा स्थित मानव धर्म आश्रममा आयोजित पवित्र “सद्भावना सम्मेलन” मा सहभागी हुने सौभाग्य पाए। यहाँ उनलाई श्री सतपालजी महाराज, माताजी श्रीमती अमृता रावतजी तथा उहाँहरूको परिवारको दिव्य उपस्थिती र आशिर्वाद प्राप्त भयो।
सांसदले मानव उत्थान सेवा समितिका विभिन्न पहलहरूले श्री सतपाल महाराजज्यूले दार्जिलिङका पहाड, तराई, डुवर्स र सिक्किम क्षेत्रमा सबै वर्गका मानिसहरूबीच आध्यात्मिक उन्नति र सामाजिक सद्भाव प्रवर्द्धन गर्न अहोरात्र परिश्रम गरेको सामाजिक संजाल मार्फत उल्लेख गरे।
यस अवसरमा उनले सिक्किमका मुख्यमन्त्री पी.एस.तामाङ, सुरेश जोशी (भैयाजी) तथा हाम्रा क्षेत्रका अन्य प्रतिष्ठित व्यक्तित्वहरूको सम्मानित उपस्थितिको गौरव पाएको महशुस गरे।











