दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाट सहभागी भई भारतको पहिलो वन्दे भारत स्लीपर ट्रेनको उद्घाटन गर्न र पश्चिम बंगालमा ₹३,२५० करोडभन्दा बढी मूल्यका रेल तथा सडक परियोजनाहरू समर्पण गर्न पाएको सम्मानका लागि गौरवान्वित महसुस गरेको छन् भनि सांसदले सामाजिक संजाल मार्फत उल्लेख गरे।
सांसदले यी पहलहरूले सम्पर्क सञ्जाल सुदृढ गर्ने, आर्थिक विकासलाई गति दिने र दिगो विकास प्रवर्द्धन गर्ने लक्ष्य राखेका छ भनि बताए।
मुख्य उपलब्धिहरूमा हावडा–गुवाहाटी (कामाख्या) वन्दे भारत स्लीपर ट्रेनको शुभारम्भ समावेश छ। प्रधानमन्त्रीले पश्चिम बंगालमा चार प्रमुख रेल परियोजनाहरू पनि राष्ट्रलाई समर्पित गरे। सिलगढी लोको शेडको स्तरोन्नति, नयाँ जलपाइगुडीमा अत्याधुनिक फ्रेट मर्मत सुविधा, जलपाइगुडी जिल्लामा वन्दे भारत सुविधाको आधुनिकीकरण, तथा बालुरघाट–हिली नयाँ रेल लाइन निर्माण रहेका छन् भनि सांसदले संजालमा व्यक्त गरे।
उनले अझ अघि भने- न्यू कूचबिहार–बामनहाट र न्यू कूचबिहार–बोक्षिरहाट खण्डमा रेल विद्युतीकरण सम्पन्न भई वातावरणमैत्री रेल सेवा सम्भव भएको छ। चार नयाँ अमृत भारत एक्सप्रेस ट्रेनहरू पनि झण्डा देखाएर शुभारम्भ गरियो—न्यू जलपाइगुडी–नागरकोइल, न्यू जलपाइगुडी–तिरुचिरापल्ली, अलीपुरद्वार–एसएमभीटी बेंगलुरु र अलीपुरद्वार–मुंबई (पनवेल)। साथै, एलएचबी कोचसहित दुई नयाँ सेवाहरू सुरु गरिएका छन्: राधिकापुर–एसएमभीटी बेंगलुरु एक्सप्रेस र बालुरघाट–एसएमभीटी बेंगलुरु एक्सप्रेस।
सांसदले संजालमा सडक क्षेत्रमा, राष्ट्रिय राजमार्ग–३१डी अन्तर्गत धुपगुडी–फलाकाटा खण्डको पुनर्स्थापना तथा चार लेन विस्तारको शिलान्यास गरिएको छ भने।
उनले यी परियोजनाहरू केन्द्र सरकारको “विकसित भारत” दृष्टिकोणसँग मेल खान्छ, यात्रु तथा माल सामान ढुवानीलाई सहज बनाउने, रोजगारी सिर्जना गर्ने र उत्तर बंगाललाई प्रमुख आर्थिक केन्द्रहरूसँग जोड्ने उद्देश्यसहित जडित छ भनि उल्लेख गरे।
अन्तमा सांसदले संजाल मार्फत यस क्षेत्रको सम्पर्क सञ्जाल र विकासलाई प्राथमिकता दिने प्रधानमन्त्री नरेन्द्र मोदी र रेल मन्त्री अश्विनी वैष्णवप्रति हार्दिक आभार व्यक्त गरे।








