सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले केन्द्रिय सडक, यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई सिलिगुडीको बालासन–सेवोक एलेभेटेड हाईवे कोरिडोर अन्तर्गत निर्माणाधीन उडानपुलहरूको तल रहेको खाली स्थानलाई पार्किङ प्रयोजनका लागि प्रयोग गर्न आवश्यक पहल गरिदिन अनुरोध गर्दै पत्र लेखेको छन्।
भारतका तीव्र गतिमा विकसित भइरहेका शहरी केन्द्रहरू मध्ये सिलिगुडी पनि एक हो। तर तीव्र विस्तारका कारण यहाँ पार्किङका लागि ठाउँको गम्भीर अभाव देखा परेको छ। हाल केन्द्र सरकारद्वारा वित्तपोषित ठूलो उडानपुल परियोजना- सिलिगुडीस्थित बालासन–सेवोक एलेभेटेड हाईवे कोरिडोर – अन्तिम चरणमा पुगेको छ भनि विष्टले सामाजिक संजालमा भने। साथै उनले भने अनुसार गुवाहाटीमा उडानपुलमुनि रहेका क्षेत्रमा व्यवस्थित रूपमा पार्किङ सुविधा विकास गरिएको छ। सिलिगुडी र वरपरका क्षेत्रमा पनि यसै प्रकारको उपाय अपनाइएमा पार्किङ सम्बन्धी संकट मात्र न्यूनिकरण हुँदैन। स्थानीय नगर निकायहरूका लागि अतिरिक्त आम्दानीको स्रोत पनि सिर्जना हुनेछ।
हाल प्रयोगविहीन रहेका यी खाली स्थानहरूको योजनाबद्ध उपयोगले सिलिगुडीको बढ्दो पार्किङ समस्यालाई समाधान गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावना पनि उनले व्यक्त गरे।
अन्तमा सांसद विष्टले बर्दवान रोड उडान पुलमुनि रहेको खाली स्थानलाई उचित उपयोगका निम्ति सिलिगुडी महानगरपालिका तथा महापौरले पहल गर्नेछ भनि आशा व्यक्त गरे।










