दार्जीलिङ: श्रमिकहरूको नाममा उठाएको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्नु भन्दा पहाडमा मेडिकलको राम्रो सुविधा उपलब्ध गराई देउ यो मनतब्य आकाश प्रधानले पोखेको हो। दार्जीलिङ शहर को क्यापिटल हलको प्रांगमन गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यक्रममा हाम्रो पार्टीको युवा कार्यकर्ता आकाश प्रधान ले श्रमिकहरूको नाममा संग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्ने हामी पहाडबासीलाई सिलगढीमाथि नै निर्भर राख्नु हो।श्रमिक भवनको निर्माण गर्ने काम सरकारको हो तर यहाँ श्रमिकहरूको नाममा संग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवन बनाउँछु की बनाउँछु भन्दै जीत गर्दैछ।पहाडबासी र पहाडको श्रमिकहरूप्रति तिम्रो मनमा साँचो सोच छ भने पहाडमा नै मेडिकलको राम्रो सुविधाहरू उपलब्ध गराई देउ तर तिम्रो सोचमा पहाडबासी र श्रमिकहरूप्रति रतिभर पनि राम्रो सोच र विचार छैन प्रधानले भने। तिनले अधि भने पहाडबासीले केन्द्र विश्व विधालयको मांग गर्दै आई रहेको छ तिम्रो सोच र हिसाबले हो भने के अब त्यो पनि पहाडबासीको नाममा पैसा संग्रह गरेर निर्माण गर्ने!प्रधानले प्रश्नमाथि प्रश्न तेर्साए। सम्बोधनको क्रममा आकाश प्रधानले दार्जीलिङको भाजपा सांसद राजु विष्टको कार्यमाथि पनि प्रश्न तेर्साए। सांसद राजु विष्ट संदनमा बोल्दा हाम्राहरूले सांसदले राम्रो काम गर्दैछ भन्ने गर्छ तर सांसद राजु विष्टको काम संदनमा प्रश्न तेर्साउँनु होइन, गोर्खाहरूले न्याय पाएको छैन न्याय दिलाउँनु हो। केन्द्रमा भाजपाको बहुमतको सरकार छ,राजु विष्ट भाजपाको सांसद हो,उसले संदनमा प्रश्न होइन, गोर्खाहरूलाई न्याय दिलाउँन संदनमा वील ल्याउँन पर्छ प्रधानले भने।संदनमा प्रश्न उठाउँने काम विपक्षीको हो, जो सांसद शान्त छेत्रीले उठाउँदै आई रहेको छ प्रधानले भने।










