सांसद राजु विष्टद्वारा मणिपुरका नवनियुक्त मुख्यमन्त्रीलाई हार्दिक बधाई

FB_IMG_1770231831006

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले युमनाम खेमचन्दलाई मणिपुरको नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्ति भएकोमा हार्दिक बधाई टक्राए।
सांसद विष्टले खेमचन्दको नेतृत्वमा, मणिपुर एक नयाँ युगको साक्षी बनोस् जहाँ विविध समुदायहरू मेलमिलापमा एकसाथ आउँछन्, दीर्घकालीन शान्ति र सामूहिक प्रगतिका लागि सहकार्यको वातावरण सिर्जना हुन्छ भने।
मणिपुरका दुई नव-निर्वाचित उपमुख्यमन्त्रीहरू, लोसी दीखो र श्रीमती नेमचा किपगेनलाई पनि विष्टले बधाई दिए। यससँगै सांसदले यो समावेशी कदमले नागा र कुकी प्रतिनिधित्वलाई जोड्दै सहकार्यपूर्ण शासनको बाटो खोल्ने र यसले विभाजनहरू हटाई एक बलियो, एकीकृत मणिपुर निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। अन्तमा सांसदले राज्यलाई समृद्धिशाली बनाई मेलमिलाप र स्थायी शान्तितर्फ अगाडि बढाउन पुरै टोलीलाई सफलताको कामना गरे।

About Author

Advertisement