सांसद राजु विष्टद्वारा दार्जीलिङको जवाहर बस्ती र पान्दाम क्षेत्रको भ्रमण

IMG-20250501-WA0249

दार्जिलिङ: दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका सांसद राजु विष्टले “गाउँ चलौं अभियान” अन्तर्गत जवाहर बस्ती र पान्दाम क्षेत्रको आज भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले स्थानीय बासिन्दाहरुसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, माग र गुनासोहरू सुनेका थिए।


सांसद बिष्टले संवादको क्रममा “हर घर जल योजना”-मा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै यस विषयमा केन्द्र सरकारलाई अवगत गराउने बताए। यसको साथै आगामी दिनमा यस्ता योजनाहरूको निगरानी आफैले गर्ने र जनताको हितमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारका विभिन्न कल्याणकारी योजनाहरू जनताको घर दैलोसम्म पुगोस् भन्ने उद्देश्यले गाउँ चलौं अभियान सञ्चालन गरिएको जानकारी पनि दिएका छन्।

स्थानीयवासीहरूले सांसद राजु विष्टसँग प्रत्यक्ष रूपमा समस्या राख्न पाएकोमा सन्तोष व्यक्त गर्दै सुधारको अपेक्षा गरेका छन्।

About Author

Advertisement