सिलीगढी: दार्जीलिंङ जिल्लाका सांसद तथा भारतीय जनता पार्टी का राष्ट्रिय प्रबक्ता राजु बिष्टले आफ्नो एक्स हेंडला मार्फत १३ डिसेम्बर २००१ मा भएको आतंकी हमलामा शहीद जवानहरुलाई याद गर्दै, आतंक विरुद्ध भारत दृढ रहेकाे बताएका छन्।
हामी हाम्रो संसदको पवित्रता र हाम्रो लोकतन्त्रको आत्माको रक्षा गर्दै आफ्नो जीवन बलिदान गर्ने बहादुर सुरक्षाकर्मीहरूलाई गहिरो सम्मानका साथ सम्झन्छौं, उनले थप लेखे।
सांसद बिष्टले उनीहरूको बलिदानले सधैं दृढ र एकताबद्ध भारतलाई प्रेरणा दिनेछ भनी जनाए। उनले देश र जनता प्रति समर्पित बीर शहीदहरुको बलिदानीपूर्ण गाथाको बर्णन गरेर मात्र होइन, उनीहरुको सम्मान र प्रेरणाबाट देशमा राष्ट्र भक्ति जागृत हुने कुरामा जोड़ पनि दिएl









