शाेणितपुर(असम): शोणितपुर जिल्लाको ढेकियाजुली सिडरीको दुई नम्बर बसासिमलु क्षेत्रमा दुईजना भाइले आफ्नै दाज्युको निर्दयतापूर्वक हत्या गरेका छन्।
आजगर अली नामका सहोदर भाइहरूले निर्मम ढंगमा धारिलो हतियारले प्रहार गरी हत्या गरेका छन्। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका पुलिस टीमले मृतकको शवलाई नियन्त्रणमा लिई पोस्टमार्टमका निम्ति अस्पताल पठाएको छ। दाजुको हत्या गरेको आरोपमा पुलिसले शह अली र महर अलीलाई पक्राउ गरेको छ।
पुलिसले आफ्नो प्रारम्भिक जाँचमा हत्या गर्नुको मुख्य कारण जमीन विवाद रहेको खुलासा गरेका छन्। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुवै आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।








