सहयोग फाउन्डेशनद्वारा निःशुल्क चिकित्सा शिविर

6a5c3191-d512-4eaa-a823-f04625458d5c

कालचिनी- कालचिनी सहयोग फाउन्डेशनको आयोजनामा आज कालचिनी ग्राम पञ्चायत परिसरमा निःशुल्क चिकित्सा शिविर सम्पन्न गरिएको जानकारी फाउन्डेशनका सचिव पवन योल्मोले दिएका छन्। आज उक्त शिविरमा कलकत्ताबाट आएका प्रायः 5 जनाको चिकित्सक टोलीले आँखा जाँच, ह्रदय रोग, र अन्य रोगीहरूको स्वास्थ्य जाँच गर्दै निःशुल्क औषधि पनि वितरण गरेको थियो।

स्वास्थ्य जाँच शिविरमा अतिथिको रुपमा आएका समाजसेवी प्रेम लामा, ओमदास लोहार, चञ्चल दास, कौशल गोले आदिले सहयोग फाउन्डेशनको यो पुण्य कार्यलाई प्रशंसा गरेको थियो। आज सम्पन्न सो स्वास्थ्य जाँच शिविरमा कालचिनी औ संलग्न क्षेत्रका प्रायः 200 भन्दा अधिक मानिसहरूले रोग जँचाएको थियो भने चिकित्सकहरूको टोलीलाई ल्याईदिने समाजसेवी कल्याण कुमार चक्रवर्तीप्रति सहयोग फाउन्डेशनको पक्षबाट सभापति मनीष कुजूर र सचिव पवन योल्मोले आभार व्यक्त गरेका छन‌।

About Author

Advertisement