सहयोगको हात बढाउँदै भाजपा टोलीको पैह्रो प्रभावित क्षेत्रको स्थलगत भ्रमण

IMG-20251015-WA0131

दार्जिलिङ: हालैका दिनहरूमा लगातार वर्षाका कारण उत्पन्न भएका भीषण पैह्रोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोही सन्दर्भमा आज भारतीय जनता पार्टी (भाजपा) दार्जिलिङ जिल्ला अध्यक्ष संजीव लामाको नेतृत्वमा एक टोलीले पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै पीडित परिवारहरूसँग भेटघाट गरेको छ। भ्रमण टोलीमा जिल्ला उपाध्यक्ष ललित निरौला, अनुसूचित मोर्चा प्रमुख एसबी रसाइली, सुके मानेभञ्ज्याङ मण्डल अध्यक्ष नितिन जिम्बा, सियोक गोपालधारा मण्डल अध्यक्ष अमित छेत्री, राङभाङ गोपालधारा ग्राम पञ्चायतका उप–प्रधान पासाङ डुक्पा, समिति सदस्य सरूना सुब्बा, पञ्चायत सदस्यहरू जितेन सेवा, भारती प्रधान, देवराज छेत्री तथा अन्य कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।
टोलीले राङभाङ लोअर टिफिन डाँडा, ५ माइल, छब्बीसे, र सियोक गोदाम गाउँ लगायतका पैह्रो प्रभावित बस्तीहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेको थियो।

भेटघाटका क्रममा टोलीले पीडित परिवारहरूलाई आवश्यक राहत सामग्रीहरू वितरण गर्दै दु:खद घडीमा साथ दिने प्रतिबद्धता जनाएको छ। भाजपा नेतृत्वले प्रशासनलाई पनि प्रभावित क्षेत्रका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गर्दै जनताको सुरक्षा र पुनर्स्थापनाका कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको बताएका छन्।

About Author

Advertisement