सलोनी राई स्मृति नक्आउट फूटबलः प्रशान्ति ग्राम मंगपू सेमिफाइनलमा

IMG_20221019_203157.jpg

१९ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार प्रशान्ति ग्राम मंगपूले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा प्रशान्ति ग्राम मंगपूले मेनहुड कान्दुंगलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोनक सेवा, अप्पु गुरुङ, रोशन थापा र अयान तामाङले १-१ गोल गरे। मेनहुडबाट गौरव तामाङले १ गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

Advertisement