सलोनी राई स्मृति नक्आउट फूटबलः डी९ मंगपू विजयी

२७ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार डी9 मंगपूले जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको म्याचमा डी९ मंगपूले ग्लेनबर्न युनाइटेडलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणय गुरुङले २ गोल गरे। यसबाहेक लोबेन तामाङ र रोहन सुब्बाले १-१ गोल गरे। ग्लेनबर्न युनाइटेडबाट प्रणय तामाङ र निशान्त तामाङले १-१ गोल गरे। बुधवार खेलिने म्याचमा फ्रेण्ड्स युनाइटेड कालेबुङ र प्रशान्ति ग्राम एफसी, मंगपूबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

Advertisement