सलीमा टेटेकी कप्तानीमा भारतीय महिला हकी टीमको घोषणा

IMG-20250512-WA0322

नयाँ दिल्ली: महिला प्रो लीग हकीको यूरोपेली चरणको निम्ति हकी इण्डियाले सोमवार २४ सदस्यीय टीमको घोषणा गऱ्यो। डिफेण्डर सलीमा टेटेलाई कप्तान बनाइएको छ। यसरी अनुभवी फरवर्ड नवनीत कौर उपकप्तान हुनेछिन्। भारतले १४-देखि २९ जूनसम्म लण्डन, एण्टवर्प र बर्लिनमा अष्ट्रेलिया, अर्जेण्टिना, बेल्जियम र चीनविरुद्ध २-२ वटा म्याच खेल्नेछ। भारतले १४ जूनमा अष्ट्रेलियाविरुद्ध आफ्नो अभियान शुरु गर्नेछ। भारतीय महिला हकी टीमकी मुख्य प्रशिक्षक हरेन्द्र सिंहले टीमको घोषणापछि भने, हामीले एउटा सन्तुलित टोली बनाएका छौं, जसमा अनुभव र युवा प्रतिभाको मिश्रण छ। यूरोपेली चरण प्रो लीगको महत्त्वपूर्ण चरण हो अनि हामी विश्वका केही सर्वश्रेष्ठ टोलीहरूविरुद्ध चुनौतीपूर्ण म्याचहरूको आशा गरिरहेका छौं। हामी आउँदो म्याचहरूलाई लिएर आशावादी छौं।
महिला हकी टीम यसप्रकार छः
गोलकीपरः सविता पूनिया र बीचू देवी खारीबाम
डिफेण्डरः सुशिला चानू पुखरामबम, ज्योति, सुमन देवी थौदम, ज्योति सिंह, इशिका चौधरी र ज्योति छेत्री
मीडफील्डरः वैष्णवी विट्ठल फाल्के, सुजाता कुजूर, मनीषा चौहान, नेहा, सलीमा, लालरेमसियामी, शर्मिला देवी, सुनीता टोप्पो र महिमा टेटे
फरवर्डः दीपिका, नवनीत, दीपिका सोरेंग, बलजीत कौर, रुतुजा दादासो पिसल, ब्यूटी डुंगडुंग र साक्षी राणा
स्ट्याण्डबाईः बंसरी सोलंकी (गोलकीपर) र अजमीना कुजूर (डिफेण्डर)

About Author

Advertisement