सर्वोच्च अदालतद्वारा धुम्रपानको उमेर बढाउन दायर गरिएको याचिका खारेज

Supreme-Court

नयाँ दिल्ली: सर्वोच्च अदालतले शुक्रबार धुम्रपानको उमेर सीमा १८ बाट बढाएर २१ वर्ष गर्न निर्देशन गरिएको मागको याचिका खारेज गर्‍यो। याचिकामा शैक्षिक, अस्पताल संस्था र पूजास्थल नजिक खुद्रा चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन माग गरिएको छ। न्यायमूर्ति एस के कौल र न्यायमूर्ति सुधांशू धुलियाको पीठले दुई अधिवक्ताको तर्फबाट दायर गरिएको यस याचिकालाई खारेज गरिदिए। याचिकालाई खारेज गर्दै पीठले भन्यो, ‘यदि तपाई प्रचार चाहनुहुन्छ भने राम्रो मामलामा बहस गर्नुहोस्, प्रचार हितमा याचिका दायर नगर्नुहोस्l’  सर्वोच्च अदालतले त्यस जनहित याचिकामाथि सुनवाई गरिरहेको थियो, जसलाई दिशानिर्देश दिने अनुरोध गर्दै अधिवक्ता शुभम अवस्थी र सप्त ऋषि मिश्राको तर्फबाट दायर गरिएको थियो। याचिकमा व्यापारिक स्थानबाट धुम्रपान गर्ने क्षेत्र हटाउन पनि माग गरिएको छ।

About Author

Advertisement