सर्विस वेरिएशनको चुनौतीलाई पार गरी पेरिस ओलम्पिकको निम्ति तयार सात्विक-चिरागको जोड़ी

IMG-20240704-WA0115

नयाँ दिल्ली: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको स्टार भारतीय पुरुष युगल जोड़ी सर्विस वेरिएशनको चुनौतीलाई पार गरी यस महिना शुरु हुने पेरिस ओलम्पिकमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न तयार छ। यी दुईलाई प्रतिद्वन्द्वी जोड़ीले सर्विसले निक्कै सताइरहेको थियो, जसमा टम्बल, स्पिन र वाइड जस्ता विविधता सामेल छ। भारतीय जोड़ीविरुद्ध यी विविधताहरूलाई गत केही टुर्नामेण्टहरूमा विशेषगरी कोरियाई र इण्डोनेशियाई जोड़ीहरूले निक्कै प्रयोग गरेको थियो। चिरागले बताएअनुसार, उनीहरूले यस चुनौतीलाई पार गरेका छन् अनि पेरिस ओलम्पिकमा यसको सफलतापूर्वक सामना गर्ने विषयमा आत्मविश्वासी छन्। चिरागले भने, सर्विस वेरिएशनको कुरा गर्दा यो कुनै नयाँ कुरा होइन तर यसलाई महत्त्वपूर्ण नमान्नु पनि सही हुनेछैन।
उनले भने, एक समय हामी सर्विस वेरिएशनको सामना गर्दा जुझिरहेका थियौं तर अन्तमा गएर हामीले यस समस्याको हल खोजेका छौं। यसको सामना गर्ने तरिका हामीले सिकेका छौं। हामीले यसको अभ्यास गरिरहेका छौं अनि ओलम्पिकमा यसको सामना गर्न मजबूत स्थितिमा रहनेछौं भन्ने हामीलाई विश्वास छ। अहिले विश्व ऱ्याङकिंगमा तेस्रो नम्बरमा भारतीय जोड़ी गत ओलम्पिकमा आफ्नो ग्रुपमा ३-मा २ वटा म्याच जितेर पनि क्वार्टर फाइनलमा पुग्नदेखि चुकेको थियो। सात्विकले भने, टोक्यो ओलम्पिकमा खेल्ने अनुभव पेरिस ओलम्पिकको हाम्रो तयारीहरूका निम्ति महत्त्वपूर्ण रह्यो। ओलम्पिक जस्तो शीर्ष प्रतियोगितामा खेल्दा अलग दबाउ रहन्छ। दबाउलाई कसरी नियन्त्रणमा राख्नु पर्छ, कसरी ध्यान केन्द्रित गर्नु पर्छ अनि खेलको विभिन्न परिस्थितिहरूसँग कसरी अनुकूल रहनु पर्छ भन्ने महत्त्वपूर्ण रहन्छ। हामीलाई पेरिसमा असल परिणामको आशा रहेको छ।

About Author

Advertisement