सर्वनाम समूह मङ्पुको आयोजनामा कविता ममसुन समारोह सम्पन्न

IMG-20240803-WA0259

कार्यक्रममा विभिन्न स्रष्टाहरू सम्मानित

मङ्पु: सर्वनाम समूह मङ्पुको आयोजनामा कविता ममसुन समारोह सम्पन्न भएको छ। आज मङ्पुको सरस्वती विद्यालय भवनमा एके गुरुङको अध्यक्षतामा सर्वनाम समूहको आयोजनामा “कविता मनसुन” समारोह सम्पन्न भएको छ। यस समारोहमा प्रमुख अतिथिको रूपमा डा हर्कबहादुर छेत्री उपस्थित रहेका थिए।संस्थाका सदस्य प्रमिला मुखियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषाण कवि एंव कलाकार पुष्कर सिङ्गर राखेका थिए। कार्यक्रममा मङ्पुका गायिका गरिमा गुरुङले गीत प्रस्तुत गरेकी थिइन्। आजको विशेष कार्यक्रम “कविता मनसुन” मा सुभद्र बम्जन, सन्ध्या आचार्य रञ्जीत देवन, बिराम चामलिङ, शरण गुरुङ अनि मुनाल घिसिङ आदिले कविता वाचन गरेका थिए। प्रतीक्षा तामाङले गीत प्रस्तुत गरेको समारोहमा सर्वनाम समूहको पक्षबाट छजना कविहरुलाई उपाहार दिएर सम्मान जनाईयो। यस क्रममा लाटपञ्जार कुलैनबारीका साहित्यकार डीकु मुखियालाई सर्वनाम समूहको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाईयो। यसरी नै मङ्पुका वरिष्ठ साहित्यकार उदय थुलुङले डीकु मुखियाको कृति “निर्विकल्प” कथा संग्रहमाथि निरुपण समीक्षा गरेका थिए।
सर्वनाम समूहको सदस्य एवं कवि सुरेन्द्र थिङलाई यस वर्ष भाईचन्द्र प्रधान स्मृति पुरस्कारले सम्मानित गरिएकोमा साथै सदस्य एंव पत्रकार केशर मोक्तानलाई अन्तर्राष्ट्रिय श्रम शक्ति पुरस्कार प्रदान गरिएकोमा अनि कवि सन्दिप दियालीलाई नमस्ते खरसाङद्वारा आयोजित नमस्ते कविश्री सिजन वानको विजेता भएकोमा यी तीनै स्रष्टालाई आजका प्रमुख अतिथि डा हर्कबहादुर छेत्रीको बाहुलीबाट अंग वस्त्र, नेपाली ढाका टोपी अनि स्मृति चिन्ह प्रदान गरेर सर्वनाम समूहले सम्मान जनाएको छ। यसरी नै कार्यक्रममा लाब्दा निम्न उच्च माध्यमिक विद्यालयका नानीहरुले सुशिका थापाको निर्देशनमा नृत्य प्रस्तुत गरेका थिए।

About Author

Advertisement