कालचिनीः आदिवासीहरूको पारम्परिक धर्म परम्परा सरना धर्म समारोह डुवर्सको कालचिनी खण्डको मेचपाड़ा चियाबारीमा सम्पन्न भएको जानकारी आदिवासी समाजसेवी तथा अवकाशप्राप्त भारतीय सेना जवान सञ्जय तिर्कीले दिएका छन्। प्रकृति पूजक आदिवासीहरूको धर्म सरना धर्म रहेर आएको र आदिवासीहरूको जनगणना सेन्ससमा पनि धर्म कोड सरना लेख्न दिईनु पर्ने दाबी चलिरहेकोबीच सरना धर्म समारोहको आयोजना गरिएको बताईएको छ।
आदिवासी पाहान जीवन उराँवले पारम्परिक विधिमा पूजा शुरु गरेको थियो भने यस अवसरमा अतिथिको रुपमा मेचपाड़ा चियाबारीको प्रबन्धनपक्ष लगायत चुवापाड़ा ग्राम पञ्चायतका प्रधान भगवती उराँव एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो। अतिथिहरूलाई आदिवासी पारम्परिक रीतिमा स्वागत जनाईएको थियो भने सरना धर्मको आवश्यकता र महत्वबारे चर्चा पनि चलेको थियो।
समारोहमा मेचपाड़ा चियाबारीको सरना कमिटीका सदस्यहरू क्रमैले कातिल एक्का, सफिल एक्का, तिमोथी एक्का, अजीत तिर्की, राजीव एक्का लगायत अन्यान्य सदस्यहरूले सरना धर्म समारोहमा आएका सबै समुदायका मानिसहरूलाई प्रसाद वितरण गरेको थियो।
-हिस










