सरकारले भिन्नै रूपमा सक्षम व्यक्तिहरूलाई सहयोग गरिरहेको छ: मन्त्री खरेल

IMG-20231203-WA0238.jpg

गान्तोक: महिला तथा बाल विकास विभागले आज राजधानीस्थित पल्जर स्टेडियममा अन्तरराष्ट्रिय विकलांग दिवस पालन गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा विभागका मन्त्री सन्जित खरेल उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले कार्यक्रममा उपस्थित सबै भिन्नै रूपले सक्षम व्यक्तिहरुलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट अभिवादन व्यक्त गरे। वर्तमान सरकारले भिन्नै रूपले सक्षम व्यक्तिहरूको हितको निम्ति धेरै कार्य गरिरहेको उनले जानकारी गराए। यो वर्ष मात्र १७ जनालाई सरकारी नौकरी प्रदान गरेको उनले बताए।

आजको कार्यक्रममा भिन्नै रूपले सक्षम विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। आजको कार्यक्रममा मन्त्री खरेलको नेतृत्वमा जनचेतना पैदल यात्रा पनि गरियो। मुख्य अतिथि खरेलको बहुलीबाट ५० जना भिन्नै रूपले सक्षम व्यक्तिहरुलाई २-२ लाख रुपियाँको अनुदान राशि प्रदान गरियो।

यसरी नै १०औं अनि १२औं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक लिएर उत्तीर्ण बन्ने दुईजना विद्यार्थीलाई वित्तीय सहायता प्रदान गरियो। यसै क्रममा उज्यालो प्रोजेक्ट अन्तर्गत ३ जनालाई वील चियर प्रदान गरियो।

अन्तरराष्ट्रिय विकलांग दिवसको अवसरमा जनचेतना जगाउन चार वर्गमा म्याराथन दौडको आयोजन गरेको थियो। ४ वर्गका विजेताहरुलाई मन्त्री खरेलको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

About Author

Advertisement