सय दिने रोजगारको पैसा नपाएकोमा हिल तृणमूलद्वारा विरोध प्रदर्शन

IMG-20231003-WA0185.jpg

केन्द्रको भाजपा सरकारले बंगालमा सय दिनेको १५ हजार करोड़ रोकेर राखेको छ: शान्ता छेत्री

खरसाङ: राज्यकी मुख्यमन्त्री र अल ईण्डिया तृणमूल कंग्रेसको महासचिव अभिषेक ब्यानर्जीले अघिबाटै घोषणा गरे अनुसार सय दिने रोजगार र आवास योजनाको पैसा केन्द्र सरकारले रोकेर राखेको भन्दै दिल्लीमा २ र ३ को दिन विरोध प्रदर्शन गररिरहेका छन्। त्यसै अनुरूप यता पहाड़मा पनि हिल तृणमूल कंग्रेसको नेताहरूले सय दिने रोजगारको पैसा नपाएको भन्दै विरोध गरिरहेका छन्। यसै क्रममा हिल तृणमूल कंग्रेस खरसाङ ब्लकको आयोजनामा खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतमा विरोध र धरणा प्रदर्शन गरिएको छ। यस क्रममा हिल तृणमूल नेत्री एंव पूर्व राज्य सभा सांसद शान्ता छेत्रीको अगुवाईमा सन्त मेरिज ग्राम पञ्चायत कार्यालय अघि विरोध साथै धरणा प्रदर्शन गरेका छन्। केन्द्रमा रहेको भाजपा सरकारले २०२१ देखि मानिसहरूले गरेको यय दिने रोजगारको कामको पैसा रोकेर राखेको अनि आवास योजनाको पैसा पनि रोकेर राखेको भन्दै विभिन्न नाराहरू पनि लगाएका थिए। यस धरणा प्रदर्शनमा हिल तृणमूल कंग्रेस दार्जिलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष एंव भूतपूर्व सांसद शान्ता छेत्री, खरसाङ ब्लक अध्यक्ष समरित छेत्री, सचिव हेमन्त सुन्दास, ट्रेड युनियन जिल्ला अध्यक्ष दिपक प्रधान, आईएनटीटीयुसीको सचिव सन्तोष मोक्तान, साजन तामाङ, नारी ऐकाई खरसाङको को-अर्डिनेटर सिमपी थापा, सत्य बारिक अनि अन्य प्रतिनिधिहरू उपस्थित थिए।

यस प्रदर्शन विषयमा पूर्व राज्य सभा सांसद एंव हिल तृणमूल नेत्री शान्ता छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रमा रहेको भाजपा सरकारले पश्चिम बंगालभरिमा सय दिने रोजगारको काम गरेको पैसा २०२१ देखि १५ हजार करोड़ नपाएको बताइन्। उनले मानिसहरूले मेहनत र परिश्रम गरेको पैसा पाएको छैन भन्दै तृणमूल कंग्रेसले २ र ३ अक्टोबरको दिन दिल्लीमा गएर विरोध प्रदर्शन गरेको र यता पहाड़मा पनि हामीले विरोध प्रदर्शन गरिरहेको बताएकी छन्। छेत्रीले हिजो खरसाङ खण्डको सेभोक क्षेत्रमा र आज सन्त मेरिज ग्राम पञ्चायत तीनमा विरोध प्रदर्शन गरेको बताएका छन्।

About Author

Advertisement