सयौं टेस्ट खेल्न ओर्लिएर स्टीव स्मिथको खास उपलब्धि

IMG-20230707-WA0177.jpg

७ जुलाईः अष्ट्रेलियाका स्टार ब्याटर स्टीव स्मिथ बिहीवार १०० वटा टेस्ट म्याच खेल्ने आफ्नो देशका १५औं क्रिकेटर बने। स्मिथले हेडिंग्लेमा ईंग्ल्याण्ड विरुद्ध तेस्रो एशेज टेस्ट म्याचको अवधि यस खास उपलब्धिलाई हासिल गरे। आफ्नो सयौं टेस्ट म्याचमा स्मिथले केही खास चाहिँ गर्न सकेनन् अनि पहिलो ईनिंग्समा केवल २२ रन बनाएर आउट भए। आफ्नो समयका सबैभन्दा सफल टेस्ट ब्याटरहरूमा एक दाहिने हातका यस ब्याटरले अहिलेसम्म ९९ वटा टेस्ट म्याचमा ५९.५६-को औसतले ९११३ रन बनाएका छन्। यसमा ३२ वटा शतक र ३७ वटा अर्द्धशतक सामेल छ। स्मिथले साल २०१०-मा पाकिस्तान विरुद्ध अष्ट्रेलियाको तर्फबाट टेस्ट पदार्पण गरेका थिए। त्यस म्याचमा ब्याटको साथ केही खास गर्न नसके पनि उनले बलरको रूपमा ५१ रन खर्च गरी ३ विकेट लिएका थिए। एशेज सीरीजको तेस्रो टेस्ट म्याचमा ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिला बलिंग गर्ने फसेला गरे। पहिलो दिनको खेलमा अष्ट्रेलियाको पहिलो ईनिंग्स २६३ रनमा समाप्त भयो। मिचेल मार्शले सर्वाधिक ११८ रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा मार्क वुडले ५ विकेट लिए। जवाफमा दिनको खेल समाप्त हुँदासम्म ईंग्ल्याण्डले ३ विकेट गुमाएर ६८ रन बनायो। पाँचवटा टेस्ट म्याचको एशेज शृंखलामा अष्ट्रेलिया अहिले २-०-ले अघि रहेको छ।

About Author

Advertisement