फिनल्याण्डकी बाहिरिँदै गरेकी प्रधानमन्त्री सान्ना मरिन र उनका पति मार्कस रायकोनेनले सम्बन्धविच्छेदको निवेदन दिएका छन्। ‘हामी सँगै बिताएको १९ वर्ष र हाम्रो प्यारी छोरीको लागि आभारी छौं’, मरिनले बुधबार इन्स्टाग्राममा भनिन्। दम्पतीले २०२० मा विवाह गरेका हुन्l जब मरिनले देशको महामारी प्रतिक्रियाको नेतृत्व गरिरहेकी थिइन् र उनीहरूकी छोरी पाँच वर्षकी भएकी थिइन्। गत महिनाको आम चुनावमा उनको पार्टीले पराजय भोगेपछि उनले पद छाड्ने भएकी छिन्।
उनको इन्स्टाग्राम खातामा एक पोस्टमा मारिनले भनिन्- उनी रायकोनेनसँग ‘अझै राम्रो साथी हुन्’, जो एक व्यापारी र पूर्व पेशेवर फुटबलर हुन्। ‘हामी एक परिवारको रूपमा एकअर्कासँग समय बिताउन जारी राख्नेछौं’, उनले थपिन्। ३७ वर्षीया मरिन २०१९ मा पदभार ग्रहण गर्दा विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन्। तर गएको अप्रिलमा पेटेरी ओर्पोको नेतृत्वमा रहेको राष्ट्रिय गठबन्धन पार्टी र रिक्का पुर्राको नेतृत्वमा रहेको दक्षिणपन्थी पपुलिस्ट फिनिस पार्टीसँगको कडा प्रतिस्पर्धामा उनी पराजित भइन्। उनको सरकारले औपचारिक रूपमा राजीनामा दिएको छ तर नयाँ सरकार गठन र नियुक्ति नभएसम्म कार्यवाहक आधारमा सेवा जारी राख्नेछ। ओर्पोले जून सम्ममा वार्ता टुङ्ग्याउने आशा गरेको बताएका छन्।









