बिहार: तीन दिनअघि कटिहार स्टेशनको उत्तरपूर्वी सम्पर्क क्रान्ति एक्सप्रेसबाट ६ जना रोहिंग्या केटी र दुई पुरुषलाई पक्राउ गरेपछि रेलवे पुलिसले यस विषयमा गहिरो अनुसन्धान शुरु गरेको छ। पक्रा परेका रोहिंग्यालाई रेलवे पुलिसले मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाएको छ। अहिलेसम्मको सोधपुछमा रोहिंग्याहरू दिल्ली जानुको स्पष्ट कारणबारे जानकारी पाउन सकेको छैन। रेलवे पुलिसका अनुसार युवतीहरूलाई घरेलु काम गर्ने वा देह व्यापार गराउने मनसायले दिल्ली लगिएको छ। तर, अनुसन्धान पूरा भएपछि मात्रै यस सम्बन्धमा केही खुल्ने बताइएको छ। यो घटनाले म्यानमारका रोहिंग्या मुस्लिमहरूको उत्तरपूर्वी मार्ग हुँदै बङ्गलादेशको शरणार्थी शिविरबाट देशका विभिन्न भागहरूमा घुसपैठ गर्ने कुरालाई उजागर गरेको छ। रोहिंग्या घुसपैठलाई सुरक्षाका कारणले पनि गम्भीर मानिएको छ। केही वर्षअघि बोधगयामा भएको बम विष्फोटमा पनि रोहिंग्या घुसपैठको चर्चा अघि आएको थियो।








