समुद्रकाे बाटाे फरार अभियुक्तलाई पक्राउ गर्ने रानाघाट पुलिस टोली सम्मानित

sanmarg_2025-09-23_12zft69j_पुरस्कार

रानाघाट: पश्चिम बंगालको रानाघाट प्रहरी जिल्लाको एक विशेष टोलीलाई अद्वितीय साहस र कर्तव्यनिष्ठाका लागि सम्मान गरिएको छ।
केही दिन अघि पोक्सो ऐन अन्तर्गत फरार एक अभियुक्तलाई यो टोलीले समुद्रको बाटो प्रयोग गरी उम्कन खोज्दा नियन्त्रणमा लिएको थियो। अभियुक्त लगातार ठेगाना परिवर्तन गर्दै प्रहरीको नजरबाट बच्न खोजिरहेको अवस्थामा समुन्द्रमै घेराबन्दी गरेर पक्राउ गरिएको हो।
पुलिस टोलीले भेष बदलेर रणनीतिक योजना तयार पारेको थियो। यो कारबाही जोखिमपूर्ण मात्र नभई उच्च धैर्य, साहस र प्रविधि–सिपको प्रयोग आवश्यक थियो।
यस उपलब्धिका लागि सब–इन्स्पेक्टर शुभम हल्दर, सब–इन्स्पेक्टर देबारुण दास, जवान अरिजीत पाल र जवान सुकान्त विश्वासलाई सम्मान गरिएको हो।
पुरस्कार समारोहमा दक्षिण बंगालका अतिरिक्त महानिरीक्षक सुप्रतिमा सरकार, मुर्शिदाबाद रेंजका डिआईजी सैयद वाकर रजा, रानाघाटका एसपी आशिष मौर्य र अतिरिक्त एसपी सिद्धार्थ धोपला उपस्थित थिए। वरिष्ठ अधिकारीहरूले यो अपरेसनलाई अनुकरणीय र अन्य प्रहरीका लागि प्रेरणादायी उदाहरण भनेका छन्।

About Author

Advertisement