समावेशी राज्य एवं राष्ट्रको निम्ति लोकतान्त्रिक प्रक्रियामा सहभागी बनाऔंः राज्यपाल

1000459073.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राष्ट्रिय मतदाता दिवसको अवसरमा युवा मतदाता र पहिलो पटकका मतदाताहरूलाई एउटा बलियो र समावेशी राज्य एवं राष्ट्रको निम्ति लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताको निम्ति प्रतिबद्ध बन्न आह्वान गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा यस राष्ट्रिय मतदाता दिवसमा लोकतन्त्रको सार र राष्ट्रको नियतिलाई आकार दिनका लागि प्रत्येक नागरिकमा निहित शक्तिको उत्सव मनाऔं भनी बताएका छन्। उनले मतदान केवल अधिकार होइन, तर हाम्रो सामूहिक भविष्यलाई परिभाषित गर्ने जिम्मेवारी पनि हो भनेका छन्।

राज्यपालले राज्यका प्रत्येक योग्य मतदातालाई आफ्नो भोटको प्रभावलाई चिन्न प्रोत्साहित गरेका छन्। उनले मताधिकार लोकतान्त्रिक सिद्धान्तहरूको आधारशिला रहेको बताएका छन्। राज्यपालले भनेका छन्, सिक्किमको विशिष्ट पहिचान यहॉंका मानिसहरूको विविधताले समृद्ध छ। तपाईहरूको भोट ती नीतिहरूलाई आकार दिने महत्वपूर्ण साधन हो, जसले हाम्रो साझा आकांक्षाहरूलाई प्रतिबिम्बित गर्दछ।

About Author

Advertisement