समाजसेवी नर्बु थिन्ले भोटियाद्वारा दस जना कृषकलाई गाई प्रदान

IMG_20220522_230147.png

गान्तोक। दक्षिण जिल्लाको बर्फुङ रालाङ राभाङला निवासी एक समाजसेवी नर्बू थिन्ले भोटियाले ४६ बर्फुङ जारोङ ग्राम पञ्चायत इकाईको लोवर जारोङ अन्तर्गत रिनक छुनाम गाउँका १० जना प्रगतिशील कृषकलाई आफ्नो व्यक्तिगत तर्फबाट दुहुना गाई प्रदान गरे।

स्थानीय वार्ड पञ्चायत केबी राई र सक्रिय युवा पर्शु वालिङको पहलमा छुनाम निवासी पर्शु वालिङको निवासमा आयोजित गाई वितरण कार्यक्रममा बर्फुङ क्षेत्रको एक समाजसेवी एनटी भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने पञ्चायत केबी राई लगायत स्थानीय कृषकहरूको पनि सहभागिता रहेको थियो।

आफ्नो सम्बोधनमा वरिष्ठ समाजसेवी एनटी भोटियाले छुनाम रिनक गाउँमा गाई पालन य़ोग्यको ठाउँ रहेको साथै गाई पालन गर्दा धेरै कुराको फायदा रहने जानकारी गराए।

About Author

Advertisement