समाजसेवी गौरवराजलाई ग्लोबल ह्युमनिटी चेञ्च अवार्ड

गान्तोक: गान्तोक निवासी समाजसेवी गौरव राज ग्लोबल ह्युमनिटी चेन्ज अवार्ड २०२३ को लागि मनोनित भएका छन्। राष्ट्रहित फाउन्डेसन ट्रस्ट एण्ड कम्युनिटी वेलफेयर सोसाइटी र परहित सेवा समिति ट्रस्टको आयोजनामा ११ देखि १२ मार्च २०२३ सम्म बिकानेर राजस्थानमा हुन लागेको सेभ द ह्युमनिटी एण्ड ग्लोबल ह्युमनिटी चेन्ज मेकर अवार्ड समारोह २०२३ को बिषयमा दुई दिने सम्मेलनको अवसरमा उक्त पुरस्कार गौरव राजलाई प्रदान गरिनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य शहीद सैनिक, युद्धमा अपाङ्ग भएका सैनिकका परिवारजनलाई सम्मान गर्दै युवामा रहेको ऊर्जालाई राष्ट्रभक्ति, समाजसेवा, परोपकार जस्ता गुणहरूको रचनात्मक उपयोग गरी राष्ट्र निर्माणको भावना जगाउनु रहेको छ। बालबालिकालाई उचित शिक्षा, संस्कृति र आचरण सिकाएर विश्व शान्तिका लागि पारस्परिक अहिंसा त्याग गरी विश्व परिवार र मानव जाति र राष्ट्रको हितको लागि सभ्य समाजको निर्माण गरी उज्ज्वल भविष्य निर्माण गर्ने मुख्य उद्श्य र लक्ष्य रहेको छ। यस कार्यक्रममा भारतका सबै राज्यका ७८० जिल्ला, राजस्थानका ३६३ तहसील र विश्वका करिब २०० देशका सामाजिक अभियन्तालाई आमन्त्रण गरिएको छ।

About Author

Advertisement