समाजसेवी एवं महिला नेत्री रेश्मा गुरुङ हाम्रो पार्टीमा सामेल

IMG_20230330_210806.jpg

जनताको रुपियाँ-पैसा लुटेर होईन आफ्नो गोजी रित्ताएर जनसेवा गर्ने हाम्रो पार्टी हो: रेश्मा गुरुङ

दर्जॆलिङ्ग: समाजसेवी रेश्मा गुरुङले समाए हाम्रो पार्टीको झण्डा। दार्जिलिङको नेहरु रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डको निजी वासस्थानमा आज समाजसेवी रेश्मा गुरुङ हाम्रो पार्टीमा सामेल भएकी छन्। पार्टी अध्यक्ष अजय एडवर्डले रेश्मा गुरुङलाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाएका थिए।त्यसरी नै हाम्रो पार्टीको अन्य शीर्ष नेतृत्वहरुले पनि रेश्मा गुरुङलाई खदा लगाउँदै स्वागत जनाएका थिए। यसै सन्द्रर्भमा रेश्मा गुरुङले भने, हामीले हाम्रो गाउँ घरहरुमा सेवा कार्यहरु स्वतन्त्र भएर गर्दै आइरहेको थियौं अनि गर्दैछौं तर आफू एक नारी भएको नातामा कुनै सामाजिक कार्य होस् अथवा अन्य कार्यहरू गर्न पर्दा समात्ने हाँगा अनि टेक्ने खुट्किलोको जरुरत पर्दा रहेछ भन्ने मैले बुझेको छु। धेरै राजनैतिक दलहरुको बीचमा रहेर सामाजिक कार्यहरु गर्न कठिन हुँदोरहेछ। यी सबै विषयहरु मैले राम्रोसित बुझेपछि कुनै न कुनै राजनैतिक दलको सहारा लिनुपर्दा रहेछ भन्ने बुझेर हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवर्डमा मैले नि:स्वार्थ जन सेवाको भावना पाए।’
उनले अघि भनिन् -‘अहिले पहाडमा राजनैतिक भन्ने बित्तिकै कुनै दललाई चौकीबाट हटाएर त्यो चौकीमा बस्नलाई नै राजनैतिक परिभाषा भन्ने गर्छन्।पहाडको यस्तो राजनैतिक क्रियाकलापहरुले हामीले पहाडको युवा-जमातलाई कस्तो नीति र सन्देश दिईरहेका छौं। जनतामाथि बल प्रयोग गरेर होईन,रुपियाँ-पैसाको प्रलोभन देखाएर होईन तर जनताको मन जितेर जनताको मनमा राज गर्न सक्नु नै राजनीति हो अनि मैले यो विषयहरु हाम्रो पार्टी र हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसलाई देखेको छु। गुरुङले अझ भनिन् -‘पहाडको युवा जमातहरुलाई सही मार्गदर्शन गर्ने अनि राजनीतिको सही परिभाषा दिने हाम्रो सोच रहेको छ। हाम्रो पार्टीमा राजनीति कम्ती र सामाजिक कार्यहरु धेर रहेको मैले देखे अनि मेरो सोच र भिजन हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवर्डससङ्ग मेल खाएपछि मैले हाम्रो पार्टीसङ्ग जोडिएर काम गर्ने सोच बनाएको हो। जनतालाई मार्ग दर्शन गरेको सत्तामा मलाई बस्नु छैन।जनताको मन जितेर जनतालाई सअही मार्ग दर्शन गरेर पाएको सत्ता राम्रो हो। हाम्रो पार्टी भनेको गोर्खा जातीको जातीय मुद्दा बोकेको पार्टी हो भन्ने गुरुङले बताए। हाम्रो पार्टीले गोर्खा जातीको जातीय मुद्दासङ्ग सङ्गै क्षेत्रीय समस्याहरुलाई पनि अघि बढाएर लैजानेछ।’

About Author

Advertisement