समाजसेवक बिक्रम राईले जोई होम वृद्धाश्रम पुगेर मनाए आफ्नो जन्म दिन

IMG-20260411-WA0124

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङका एक घलेटार निवासी समाजसेवक बिक्रम राईले आफ्नो जन्म दिन कालेबुङको “हु-केयर्स जोई होम”मा पुगेर पालन गरेका‌ छन्। यस अवसरमा उनले वृद्धहरुसित भेट गर्दै वृद्धहरुलाई केही सहयोग पनि गरेका छन्।‌ स्मरण रहोस् हु-केयर्सका प्रमुख संयोजक एरोन योञ्जनले विगत १५ वर्षदेखि हु-केयर्स अनि छ वर्षदेखि वृद्धाश्रम “जोय होम” कालेबुङ सञ्चालन गर्दै आईरहेका छन्। यसरी छ वर्षदेखि सिटोङका समाज सेवक बिक्रम राईले प्रत्येक वर्ष जोईहोम वृद्धाश्रममा पुगेर आफ्नो जन्म दिन छ वर्षदेखि पालन गर्दै आईरहेका छन्।हु-केयर्सको अहिलेसम्म १७ वटा शाखाहरु देश-विदेशमा रहेको कुरा संस्थाका संयोजक एरोन योञ्जनले जानकारी दिएका छन्।

संयोजक योञ्जनले” हु- केयर्स”को “भोकालाई भोजन”कार्यक्रम अन्तर्गत प्रत्येक रात नै बेलुकी ७ बजेदेखि ८ बजेसम्म ३६५ दिन नै हावा-पानी नभनी कालेबुङका स्ट्रीटमा बस्ने व्यक्तिक्तिहरुलाई भोजन वितरण गर्दै आईरहेको कुरा जनाएका छन्।

About Author

Advertisement