समाजमा योगदान पुऱ्याउने विभिन्न व्यक्तित्व चेरी फाउन्डेनस अवार्डद्वारा सम्मानित

IMG-20231220-WA0195.jpg

गेजिङ: चेरी फाउन्डेशन अवार्ड २०२३ आज विभिन्न कार्यक्रमका साथ आज चेरी भवनमा सम्पन्न भयो।चेरी फाउन्डेसन साथै अन्तर्राष्ट्रिय मानव अधिकार परिषद् पश्चिम जिल्ला बोर्डसँगको सहकार्यमा सम्पन्न यस कार्यक्रममा समाज सेवक फुर्वा रिञ्जीङ शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने उनको साथमा राष्ट्रिय फुटबल खेलाडी विकास जैरू, चेरी फाउन्डेसनका प्रोपराइटर सुशिल तामाङ लगायत अन्यको उपस्थिति रहेको थियो। यस कार्यक्रममा समाज र राज्य तथा देशप्रति योगदान पुऱ्याउने व्यक्तिहरूलाई चेरी फाउन्डेसनको तर्फबाट सम्मान पनि जनाएको थियो। समाज सेवक फुर्वा रिञ्जिङ शेर्पा,यसरी नै क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार ग्रहण गरि सकेका रिम्बी पश्चिम सिक्किम निवासी देउ प्रसाद राई, डा बिन्दिया गुरूङ जसले समाजमा योगदानसँगै नचुरोपेथिक फिजिसियन क्षेत्रमा काम गरि रहेकी छन्। यसरी नै अनिता छेत्री नर्स सँगै फिटनेस मोडल नसीब तामाङ रोडिज नेपाल बिजेतालाई प्रशस्त्री पत्रका साथ सम्मान गरियो।यस कार्यक्रम बारे जानकारी दिदै सुशील तामाङले यो फाउन्डेसनको उदेश्य सामाजिक क्षेत्रमा निस्वार्थ भावले योगदान दिने व्यक्ति व्यक्तित्वहरूलाई सहयोग साथै सम्मान गरेर अझ प्रोत्साहन गर्ने अभिप्रायका साथ शुरूवात गरिएको जानकारी दिए। आगामी वर्षहरू अझ यसलाई बृहत रूपमा अघि बढाएर लैजाने पनि उनले जानकारी दिए। म्याराथन म्यान अम्बर सुब्बालाई राष्ट्रिय म्याराथनको लागि यस फाउन्डेसनको तर्फबाट १ लाख रूपिया प्रदान गरिने जानकारी दिए। गाउँ घरमा रहेका प्रतिभाशाली व्याक्तित्वहरूलाई मञ्च दिने लक्ष्य रहेको पनि बताए।

कार्यक्रमका मुख्य अतिथि फुर्वा रिञ्जिङ शेर्पाले यसरी समाज प्रति योगादन दिने व्यक्तिहरूको छनौट गरेर फाउन्डेसनले सम्मान जनाएकोमा सबैको तर्फबाट धन्यवाद दिदै कुनै पनि काम गर्दा त्यसलाई निरन्तरता दिनुपर्ने सुझाउ दिए। कुनै पनि कामलाई निरन्तरता दिएमा मात्र सफलता हासिल गर्न सकिने उनले मन्तव्य प्रकट गरे। आजको कार्यक्रमलाई विकास जैरू लगायत सम्मानित व्याक्तिहरूले पनि आ आफ्नो विचारहरू राखेका थिए।

About Author

Advertisement